पोखराको लखनचोकदेखि चाइनापुलसम्म ‘नो पार्किङ जोन’

आइतबारदेखि लागू हुने

पाेखरा | साउन ६, २०८०

पोखराको लखनचोकदेखि चाइनापुलसम्म ‘नो पार्किङ जोन’

पोखरा:  पोखराको मुख्यचोक लखनचोक (पृथ्वीचोक) देखि चाइनापुलसम्म सडकको दायाँबायाँ सवारी साधन पार्किङ गर्न रोक लगाएको छ । 

 

जिल्ला सुरक्षा समितिको निर्णयलाई आइतबारदेखि लागू गरिने भन्दै पोखरा महानगरपालिकाले सूचना जारी गरेको हो । 

 

जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समिति कास्कीको निर्णय तथा पोखरा महानगरपालिकाको व्यवस्थापनमा पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ कुनै पनि प्रयोजनका लागि सवारी साधन पार्किङ गर्ने कार्य मिति २०८० साउन ७ गते आइतबारदेखि पूर्ण रुप्मा निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गरिन्छ ।’

 

उक्त निर्णयलाई अवैज्ञा गरेको खण्डमा नियमानुसार कारवाही गर्ने पोखरा महानगरपालिकाले जनाएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्